Events
भक्तपुर जिल्ला, सूचनाको हकको किल्ला !!
सूचनाको हक क्षेत्रमा कार्यरत संस्था होप नेपालले २०७१ मंसिर ६ गते भक्तपुर जिल्लाका बहुपक्षीय सरोकारवालाहरुको उपस्थितिमा Paradise Food Land, Suryabinayak मा एक भब्य अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेकोछ । ”हामी सवैको आधार, सूचनाको अधिकार ! सूशासन र विकासको आधार, सूचना हाम्रो अधिकार ! हामीले तिरेको कर, हाम्रो हिसाव !“ आदि जस्ता विविध विषयलाई मुख्य एजेण्डा वनाएर छलफल गरीएको कार्यक्रम सफल निष्कर्ष समापन भएको महसुुुुुुुस गरीएको छ । कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी लगाएत जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, सवै राजनितिक दलमा प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानिय सूचनाका हकका अभियन्ता, सूचनाको हक संजाल भक्तपुर, स्थानीय पत्रकार, बुद्घिजिबि आदिको सहभागीता रहेको थियो । कार्यक्रमको प्रमुख सहजकर्ता लामो समय देखि यस क्षेत्रमा काम गर्दै आउनु भएका सूचनाको हकका विशेषज्ञ तथा सूचनाको हककालागि नागरीक अभियानका कार्यकारी निर्देशक अधिवक्ता टंक अर्याल हुनुहुन्थ्यो भने सहजिकरणको सहयोग होप नेपालका कार्यकारी निर्देशक खिला सापकोटाले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले सवै कार्यलयहरुमा सूचना अधिकारी नियूक्ति गर्न निर्देशन गरी सकेको, अझै नियूक्ति नभएको भए पुन निर्देशन दिने वताउनु भयो । वहाँले सूचनाको हक नागरीकको नैसर्गीक अधिकार नै भएकोले यसको कार्यन्वयन गर्न आफुले कडाइका साथ सवै कार्यलय प्रमुखहरुलाई निर्देशन दिने वताउनु भथो । वहाँले सवै कार्यलय प्रमुुखहरुको उपस्थितिमा सूचनाको हक सम्वन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गर्न आवस्यक रहेको र यसकालागि आफुले सहयोग गर्ने समेत जानकारी दिनु भयो । त्यसैगरी स्थानीय विकास अधिकारीले आफुले सुचनाको हकका वारेमा धेरै अध्ययन गिरेको र कार्यन्वयनमा कुनै कन्जुस्याई नगर्ने समेत वताउनु भयो । कार्यक्रमका सवै कार्यलयका प्रतिनिधीले सूचनाको हकले भक्तपुुरमा तरंग सृजना गरेको र यसको कार्यन्वयनमा आफुहरु सकरात्मक रुपमा लाग्ने समेत जनाउनु भयो । सहभागीहरुको तर्फवाट अधिवक्ता किरण न्यौपानेले सवै कार्यलयका प्रमुखहरु नै सूचनाको हकका वारेमा सचेत नभएकाले पहिले कार्यलय प्रमुखलाई तालिम दिनु पर्ने वताउनु भयो । सूचना अधिकार संजाल भक्तपुरकी सह संयोजक अन्जना सिल्पाकारले सूचनाको हकको प्रयोगले पारदर्शी समाज निर्माणमा सहयोग गर्ने भएकाले यसको कार्यन्वयनमा सूचना अधिकार संजान भक्तपुर निरन्तर लाग्ने वताउनु भयो । सवै सह सवैभागीहरुको जिज्ञासाको उत्तर दिदै सम्वन्धित कार्यलयका प्रमुख तथा प्रतिनिधिहरुले प्रभावकारी कान्र्यान्वयनमा आफुहरु लाग्ने वताउनु भयो । भक्तपुर जिल्लालाई सूचनाको हकको किल्ला वनाउने सवै सहभागीहरुको निष्कर्ष सहित कार्यक्रमको समापन खिला सापकोटाले गर्नु भएको थियो ।